लागुऔषध ओसारपसार गर्ने १७ वर्षीया किशोरी पक्राउ

११ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
71 Shares


नुवाकोट-नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागूऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लाँदै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागूऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँ तर्फ लैजाँदै गरेका अवस्थामा लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए ।लागूऔषध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया