अमेरिकी विदेशमन्त्री पोम्पियो र भारतीय प्रधानमन्त्री मोदीबीच छलफल

प्रकाशित मिति:

एजेन्सी -भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल भएको छ ।व्यापारका महत्वपूर्ण विषयमा दुईपक्षीय वार्तामा मोदी र पोम्पियोबीच छलफल भएको हो । पोम्पियोले भारतमा अमेरिकाले राम्रो बजारको अवस्था चाहेको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ट्रम्प प्रशासन भारतमा अमेरिकी कम्पनीको उपयुक्त स्थान चाहेको उल्लेख गरिएको छ ।अमेरिकी प्रस्तावमा प्रधानमन्त्री मोदी सकारात्मक भएको बताइएको छ । हालै अमेरिकाले उसको विशेष व्यापारीक अवस्थाबाट भारतलाई हटाएपछि भारत र अमेरिकाबीच व्यापार युद्धको खतरा बढेको थियो ।