सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको गृहमन्त्री थापाको दाबी

प्रकाशित मिति:

गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् । केही लगानीकर्ता पत्ता लागेको तर, उनीहरु मध्ये केही फरार रहेको उनले बताए ।

मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले पछिल्लो ३र४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको पाइएको बताए । यो सबै नभई एउटा समूहले गरेको तस्करी भएको उनले बताए ।

यसमा मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री बादलले भनेका छन्, ‘सुन तस्करीका ठूलै माछाहरु पनि छानविनमा आएका छन् । लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकका छन् । केही फरार छन् ।’