‘कबीर सिंह’ सय करोडको क्लबमा

प्रकाशित मिति:

मुम्बई– शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ बक्स अफिसमा सय करोडको क्लबमा प्रवेश गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले मंगलबार ९५ दिन सम्म १०४।९० करोड रुपैयाँ कमाएको छ।

ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले मंगलबार १६।५३ करोडको कारोबार गरेको थियो। कबीर सिंह सय करोड कमाउने शाहिदको पहिलो फिल्म हो। यो फिल्मले ओरालो लागिरहेको शाहिदको करियरलाई बलिउडमा पुनर्स्थापित गरेको छ।सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्मले विभिन्न रेकर्डसमेत कायम गरेको छ।