कमब्याक तरखरमा शिल्पा

प्रकाशित मिति:

मुम्बई – बलिउड फिल्म उद्योगमा हालको समयमा स्टार सन्तानको ‘डेब्यू’ र ९० दशकका कलाकारको ‘कमब्याक’को सिलसिला चलिरहेको छ। माधुरी दिक्षित, सञ्जय दत्त, काजोल र रानी मुखर्जी जस्ता अग्रज कलाकारले केही समय अघिसम्म धेरै फिल्ममा अभिनय गरेर आफ्ना शुभचिन्तकलाई खुशी दिएका छन्। यो क्रममा अब अभिनेत्री शिल्पा सेट्टी पनि जोडिँदैछिन्।

शिल्पाका अनुसार उनी हालका दिनमा फिल्मको स्क्रिप्ट नियमित पढिरहेकी छन्। तर कुन फिल्ममा अभिनय गर्ने भन्ने कुरा चाँडै सार्वजनिक गर्ने उनले जनाएकी छन्। ‘मैले आफ्नो कमब्याकका विषयमा पति राजसँग लामो समयसम्म कुरा गरिरहेको छु। मलाई कमब्याक गराउन उनले पूर्ण साथ दिने बताइसकेका छन्। जस्तो किसिमको सम्बन्ध हामी बाँड्छौं। मलाई थाहा छ कि यो विषयमा जहिल्यै ऊ मेरो पक्षमा हुन्छ’, शिल्पाले भनेकी छन्, ‘उनी पतिको रूपमा मसँग कमै मात्र व्यवहार गर्छन्। किनकी राज आजको दिनसम्म मेरो प्रेमी नै लाग्छ। आज मैले जति व्यापार व्यवसाय चलाईरहेको छु। त्यसको कारक राज नै हुन्।’

शिल्पाले आफू कमब्याकको सोचमा रहेको उल्लेख गरेकी छन्। ‘हो, म कमब्याक गर्ने सोच बनाइरहेको छु। यो समयमा मसँग तीन स्क्रिप्ट छन्। जसलाई म अध्ययन गरिरहेको छु। मैले अहिलेसम्म कुनै पनि फिल्मका लागि हस्ताक्षर गरिसकेको छैन’, उनले भनेकी छन्, ‘आमा बन्नु अघि सात वर्षसम्म मैले कुनै पनि फिल्ममा काम गरिनँ किनकी म आफ्नो छोरासँग समय बिताउन चाहन्थें।’शिल्पा हालका दिनमा टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’मा निर्णायकको भूमिका निभाउँदै आएकी छन्। यो शोले टीआरपी पनि राम्रो बढाईरहेको छ। यसका अलावा उनी हालै मात्र अमेजनको एक वेब शोमा पनि देखिएकी थिइन्। तर यो शो ‘सुपर डान्सर’को जति चर्चामा आउन सकेन।