पत्नीको हत्या गर्ने अढाई बर्षपछि पक्राउ

प्रकाशित मिति:

धनुषा -अढाई बर्षअघि आफ्नै पत्नीको हत्या गरी फरार रहेका धनुषाका एक व्यक्तिलाई प्रहरीले भारतीय सिमानाबाट बुधबार पक्राउ गरेको छ ।धनुषाको शहीदनगर नगरपालिका १ बस्ने २५ बर्षीय रामसुन्दर यादवलाई प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित नेपाल–भारतको सिमानाबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

रामसुन्दरले २२ बर्षीय आफ्नै पत्नी मधुदेवीलाई २०७३ साल माघ १० गते राति हातले घाँटी थिची हत्या गरेका थिए ।हत्या गरेर फरार भएका रामसुन्दरलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।