एकीकृत कर वृद्धि विरुद्ध कांग्रेसले चालेको अभियानतीब्र गतिमा अघि बढ्दै

२९ श्रावण २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति कर तथा अन्य करका बिरुद्ध संघर्ष गर्दै आएको नेपाली काँग्रेसले वडा वडामा संघर्ष समिति गठन गर्ने अभियानलाई तिब्र बनाएको छ ।कर बिरुद्धको आन्दोलनलाई ससक्त र प्रभावकारी बनाउन नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नं. ३ ले मंगलबार बिशेष भेलाको आयोजना गरि वडा सभापति कर्णबहादुर टण्डन संयोजक र वडा अध्यक्षका प्रत्यासी कल्याण पौडेल सहसंयोजक रहेको ४७ सदस्यीय संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिलाई व्यबस्थित र पार्टीको निर्देशन अनुसार आन्दोलनमा परिचालन गर्न टेकबहादुर थापा, केशव शर्मा तिवारी, चुडाकुमारी विष्ट र बलराम न्यौपाने रहेको ४ सदस्यीय निर्देशक समिति समेत गठन गरिएको छ ।भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले गास, बास र कपासको चिल्ला नारा दिएर सत्तामा पुगेको कम्युनिष्ट सरकारले बहुमतको दम्भमा जथाभावि कर लगाएर जनताको मानो र छानो खोस्ने काम गरेको आरोप लगाउनु भयो । यस क्षेत्रका नगरपालिका मध्ये तिलोत्तमा नगरपालिकाले सबैभन्दा बढी कर लगाएर जनतालाई प्रताडित बनाएको भन्दै नगरप्रमुखका प्रत्यासी समेत रहेका सचिव खाँणले कर विरुद्धको आन्दोलनमा नेपाली काँग्रेस मात्रै नभएर समग्र तिलोत्तमाबासीलाई नै सहभागि हुन आग्रह गर्नुभयो ।कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य यमबहादुर खत्रीले नगरका १७ वटै वडामा संघर्ष समिति गठन गरि नगरपालिकाले जनतामाथि लादेको कर बिरुद्धको आन्दोलनलाई उचाईमा प¥याई फिर्ता गर्न बाध्य पारिने बताउनु भयो । अर्का महासमिति सदस्य काजिमान श्रेष्ठले विभिन्न बहानामा जनतालाई कंगाल बनाउने अभियानमा कम्युनिष्ट सरकार अंगाडी बढेको भन्दै सरकारले मच्चाएको राज्य आतंकका बिरुद्ध काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेय तिलोत्तमा नगरपालिकाले अध्यधिक कर लगाएर जनतालाई तड्पाएको मालमोतको मुल्यांकनलाई समेत कुल्चेर मनोमानी कर बढाएको भन्दै बढाईएको कर खारेजीकालागि नेपाली काँग्रेस जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताउनु भयो ।वडा सभापति कर्णबहादुर टण्डनको सभापतित्व, उपसभापति टेकबहादुर थापाको स्वागत र सचिव तुलबहादुर अधिकारीको सञ्चालनमा भएको भेलामा महाधिवेशन प्रतिनीधि मनोरमा शेरचन, युवा नेता हरि न्यौपाने, तरुण दलका निवर्तमान जिल्ला अध्यक्ष चिरञ्जिवी पौडेल लगायतले बोल्दै बिकास र राहतको आकांक्षा गरेका जनता कम्युनिष्ट सरकार बनेसंगै करबृद्धि हुँदा प्रताडित भएको बताउनु भएको थियो ।तिलोत्तमा नगरपालिकामा कर बिरुद्धको आन्दोलनलाई ससक्त र प्रभावकारी बनाउन नगरका वडाहरु १, २, ३, ४, ७, १४ र १६ मा संघर्ष समिति गठन गरिसकिएको छ भने बाँकी वडाहरुमा क्रमैसंग संघर्ष समिति गठन गरि ससक्त आन्दोलन चर्काईने नगर सभापति हरिलाल पाण्डेले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया