इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति

प्रकाशित मिति:

एजेन्सी -मध्यपूर्वी मुलुक इराकको होरान शेखान शहरनजिक भगवान् राम र हनुमानको आकृति फेला परेको छ ।भारतको अयोध्या शोध संस्थानले गरेको एक शोधअनुसार होरान शेखान क्षेत्रको दरबन्द–ए–बलुलाको पहाडी इलाकामा राम र हनुमानको आकृति पहरामा खोपिएको अवस्थामा फेला परेको भारतबाट प्रकाशित हुने पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ ।

शोधका लागि भारतीय टोली त्यसतर्फ गएको थियो ।उक्त आकृति २००० ईसापूर्वको रहेको जनाइएको छ । उक्त आकृतिमा छाति खाली राखेका राजाले धनु, वाण र कम्मरमा छोटो तरबार बोकेको आकृति रहेको बताइएको छ ।ती राजाका नजिक बाँदरको मुख भएका उनका सेवक देखिन्छ । उनीहरु भगवान् राम र उनका सेवक हनुमान भएको भारतबाट अध्ययनमा गएको टोलीले दाबी गरेको छ ।इराकी विद्वानहरुले भने उक्त आकृति पहाडी इलाकाका जातिका मुखिया टरडुनीको हुनसक्ने बताएका छन् ।