प्रिय जून

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

प्रिय जून
तिमी एउटा साक्षी हौ
मेरो बाला साथी हौ
उतिबेला म जता जान्छु
तिमी त्यतै जान्थौ
सायद तिमीले तान्थ्यौ
साझपख तिमिलाइ देखेर
हो हामी कति नाच्थौ
तिम्रो प्रकाशको
मिठास शितलताले
हामी कति रमाउथ्यौ
धित मरुन्जेल
मनका सारा गित गाउथ्यौ
साच्चै तिमिसगै
हामी रमाइरमाइ बाच्थ्यौ
उराठ गर्मीमा पनि
तिमी शितल भएर
हामिलाइ भेट्न आउथ्यौ
कालो अन्धकारमा
चम्किलो प्रकाश भएर आउथ्यौ
कालो रात सबै तिमी भगाउथ्यौ
हामिलाइ सधैसधै सघाउथ्यौ
आहा१हाम्रा मिठा
सबै सम्झनाहरु
तिमि मै छाड्थ्यौ
तिमिमै लुकाथ्यौ
तिम्रो सुन्दरतामा र्याल काड्थ्यौ
तिम्रो चमकता देखेर
तिम्रो शालिनता देखेर
कहिलेकाही डाहा हुन्थ्यो
लाग्थ्यो तिमि जस्तै
हुन पाएहुन्थ्यो
अँध्यारो सन्सारलाइ
चकमन्न बनाउन मन लाग्थ्यो
कहिल्यौ निरास नहुने
तिम्रो प्रसन्न अनुहार
बनाउन मन लाग्थ्यो
तिमि जस्तै
सबैले चिन्ने
सबैले देख्ने
सबैले पुज्ने
सबै ठाउँ पुग्ने
कुनै सिमा नभएको
बर्माण्ड यात्री बन्न मन लाग्थ्यो
बादलुको घुम्टोमा
लुकुछिपी हिड्न मन लाग्थ्यो
तर
आज समय फेरीएछ क्यार
सायद मेरो परिस्थिति फेरीएछ
आज धेरै दिन पछि
तिमिलाइ नियालेर हेर्दैछु
तिमी त्यस्तै छौ आजपनि
तिम्रो दिनचर्या उस्तै छ
बिडम्बना मेरो फरक छ
उ बेलाको जस्तो छैन आज
तिम्रो र मेरो यात्रा
फरक छ
तिम्रो र मेरो प्रवृति
फरक छ
खै म कतै हराएछु
यो सन्सारको झाडीमा
कतै बिलिन भएछु
ब्यस्त जिवनमा
कठै
आज चिलिम भएछु