अमेरिकाको तामाङ साँस्कृतिक केन्द्रमा पुनः इन्द्र तामाङ संयोजक

प्रकाशित मिति:

अमेरिका –तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र ९ट्रष्ट०को नेतृत्व पुनः इन्द्र तामाङले पाउनु भएको छ ।गत आइतबार भएको विशेष सभाले आगामी तीन वर्षका लागि पुनः ईन्द्र तामाङको संयोजकत्वमा ट्रष्टको नया कार्य समिति गठन गरेको हो ।

ट्रष्टका नव गठित कार्यसमिति पदाधिकारीहरु
संयोजकः ईन्द्र तामाङ
सह(संयोजकः भरत राज लामा
सह(संयोजकः फुर्वा घिसिङ
सचिवः राम पाख्रिन तामाङ
सह(सचिवः छेमाङ तामाङ
कोषाध्यक्षः दिपेन्द्र लामा
सह(कोषाध्यक्षः सुनिता घिसिङ तामाङ
सदस्यहरुः सुवास लामा, सूर्य तामाङ,लालमान तामाङ, अमर तामाङ, कुन्साङ लामा, धन बहादुर वम्जन, मनोज लामाउक्त सभाले तत्कालिन तामाङ सोसाईटी अफ अमेरिका हाल तामाङ सोसाईटी अफ नर्थ अमेरिका, सेन्ट्रल कमिटी अन्तर्गत रहेको तामाङ साास्कृतिक तथा बौद्ध केन्द्र, न्युयोर्क परियोजना औपचारिक रुपमा तामाङ सोसाईटी अफ न्युयोर्क अन्तर्गत रहने निर्णय गरेको जनाएको छ ।