अमेरिका आउदै गरेका नयाँ नेपालिका लागि खुराकहरु

प्रकाशित मिति:

सानुबाबु सिलवाल​-अन्यौल हुन्छ धेरैलाइ। अत्यास लाग्दो हो के गर्नेरु अमेरिकामा ग​एर कता बस्नेरु के काम गर्नेरु काम पाइन्छ कि पाइदैन​रु काम कसरि गर्ने होलारु बच्चाहरुको स्कुल के गर्नेरु कता बस्दा उपयुक्त हुनसक्दछ​रु भाषा कसरि सिक्नेरु अमेरिकि रहनसहनलाइ कसरि युज्डटु बनाउनेरु कसो होला जिवन​रु टीक्न सकिएन भने के गर्नेरु काम गर्न जानिएन भने के गर्नेरु कागज कसरि बनाउनेरु सोसियल सेक्युरिटी, आइडेन्टिटी कार्ड, ड्राइभर लाइसेन्स कसरि, कहा लिनेरु यातायात, खानपिन​, काम र जनजिवन कसरि सहज बनाउने चिन्ता र चासो एबम ध्यान यतै मोडिन्छ धेरैको नेपालको एयरपोर्टबाट प्लेन चढेपछि।

नया मानिसहरुका लागि यस्तै यस्तै हो चुनौति, चिन्ता र चासो अमेरिकाको एयरपोर्ट नउत्रेसम्म र उत्रे पछिका केहि दिन र केहि रातहरु अन्यौल र सकस हुने गर्दछ​।तपाइहरु नयाकै लागि जो आउदै हुनुहुन्छ​। जो भर्खरै एयरपोर्टमा हुनुहुन्छ​, प्लेन चढिसक्नु भयो, अमेरिकाको एयरपोर्टमा उत्रिदै हुनुहुन्छ​, उत्रिनु भयो र उत्रेर पनि कसैकोमा, आफन्तकोमा, दलालकोमा, स्पन्सर गर्नेकोमा बसिरहनु भ​एको छ भने तपाइहरुकै लागि सानो टिप्स तयार गरिदिएको छु क्रमश। जसले तपाइको अमेरिका बसाइ सहज बनाउन सकोस​। कम सकस होस भन्ने नै मेरो अभिप्राय हो। धेरैले भन्लान यो त हामिले चाल पाएकै कुरा हो। किन लेखेको होला भन्लान तर तपाइले जान्यो भन्दैमा नया नेपालि दाजुभाइ दिदिबहिनिहरुले जान्छन भन्ने होइन​। तिनै नया दिदिबहिनि दाजुभाइ हरुका निम्तिः

१ आफन्त, भाइसाथि वा चिनेजानेका मानिस खोज्नुहोस पहिले अमेरिका आउनु पुर्ब​।

२ सोध्नुहोस के के ल्याउनु पर्ला भनेर।

३ सोध्नुहोस के के जानेर आउदा राम्रो हुन्छ​।

४अङ्रेजि भाषामा कमजोरि भ​ए भाषा क्लास लिनुहोस​। समान्यतया बोलिचालि भाषा जानेर आउनुहोस​।

५ अझै स्पानिस भाषा सिकेर आउदा झन उत्तम​।

६ ड्राइभिङ्ग सिकेर आउनुहोस​। काम लाग्दछ अमेरिकामा।

७ ब्युटि, ह्यान्डि, अड जबका कामहरु सिकेर आउदा झन राम्रो।

८ अमेरिका आइसके पछि आफ्नो बस्ने ब्यबस्था नभ​एसम्म आफन्त वा भाइसाथिसङ्ग बसाइको ब्यबस्था मिलाउनुहोस​।

९ पहिल्लै काम हेरिदेउ भनेर अनुरोध गर्नुहोस​।

१० अमेरिका आइसके पछि सामान्य बोलिचालि, हाइहेल्लो, थ्याङ्क्यु, वेलकम​, हाउ आर यु, आइ एम फाइन जस्ता शब्द र बाक्यहरु बोल्न सिक्नुहोस​।

११ सोसियल सेक्युरिटि अफिसमा गै सोसियल सेक्युरिटी कार्ड एप्लाइ गर्नुहोस​।

१२ काम खोज्नुहोस​।

१३ काम र श्रम गर्न नलजाउनु होस​।

१४ काम गर्न थालेपछि आफ्नै एपार्टमेन्ट खोज्नुहोस​।

१५ स्थानिय वा भाइसाथिको सहयोगमा स्कुल​, काम र वरिपरिको बाताबरण सिक्नुहोस​।

१६ अमेरिकि डलर​, क्बाटर​, डायम​, निक्कल​, पेनि, १,२,५,१०,२०,५० र १०० का डलर बिलहरु चिन्नुहोस​।

१७ कसरि काम गर्ने, कसरि कर तिर्ने, कसरि बिल तिरनतारन गर्ने त्यो सबै सिक्नुहोस​।

१८ सेलफोन आफ्नै लिनुहोस​।

१९ आइ डि लिनुहोस नजिकैको डिएम भि कार्यालयबाट​।

२०गाडीको लागि लर्नर पर्मिटको जाच दिने र पास भएमा ड्राइभर लाइसेन्सका लागि ट्रायल दिने।

२१ ड्राइभर लाइसेन्स लिएपछि गाडि सेकेन्ड ह्यान्ड किन्ने।

२२ बस्ने ठाउ भयो, काम रोजगार पनि भयो, स्कुल बच्चाका लागि पनि भयो, गाडि पनि भयो, कमाउन पनि थालियो भनेपछि तपाइ अमेरिकामा सेटल हुने शुर आयो र टिकेर खाने मेसो शुरु भयो भन्दा हुन्छ​।बेष्ट अफ लक​, गुड लक​। नबुझेमा, थप जान्ने चाहेमा तपाइहरुले जतिसुकै बेला मलाइ फोन​, टेक्स वा सम्पर्क गर्न सक्नुहुनेछ​। तपाइहरुकै हित र सहयोगका निम्ति मेरा कलमहरु जारि छन​।