नयां घर बनाउंदै हुनुहुन्छ ? घर नक्साका लागि नगरपालिकामै सुविधा

प्रकाशित मिति:

बुटवल उपमहागरपालिकाले उपमहानगरभित्र घर बनाउनेहरुका लागि कार्यालयभित्रै सेवा प्रवाह गर्न नयाँ व्यवस्था सुरु गरेको छ ।अब नयाँ घरको नक्सा तथा डिजाइनका लागि सेवाग्राहीले बाहिर धाइरहनु पर्ने छैन । उनीहरुलाई घर बनाउने स्वीकृतिदेखि त्यसको डिजाइन बनाउनेसम्मका कामहरु अब उपमहानगरभित्रै हुनेछन् । यो नयाँ अभियानका लागि विशेषज्ञ अर्थात् प्रविधिकहरु उपमहानगरभित्रै व्यवस्था गरिएका छन् ।नगरभित्र मापदण्ड अनुरुपको घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्सासम्बन्धी सबै काम अब एकै ठाउँबाट हुने छ । यसका लागि न्यूनतम शुल्क तोकिएको छ जुन बाहिर भन्दा सस्तो छ । ‘नगरबासीलाई नक्साको कामका लागि अनावश्यक रकम खर्चिनुपरेको र अनेक झन्झटहरु खेप्नुपरेका गुनासाहरु आएपछि यस्तो काम सुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीको भनाइ छ ।आर्थिक वर्ष०७५र७६ को वजेट, नीति तथा कार्यक्रममा यसलाई समावेश गरिएको छ । नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने भुइँतलामा एक हजार वर्ग्फिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्सा न्यूनतम शुल्क ५ हजारदेखि अधिकतम ८ हजार रुपैयाँ लिएर तोकेको प्राविधिज्ञले सेवाग्राहीले चाहे अनुरुपको बनाइदिने गरी मापदण्ड बनाइएको प्रमुख सुवेदीले जानकारी दिए ।भवनसंहिताको सही पालना नभएको, मापदण्ड मिच्ने कामहरु भइरहेको र अतिरिक्त रकममा मिलेमतो हुने गरेको चौतर्फी गुनासो आएपछि जनप्रतिनिधिले यस्तो निर्णय गरेका हुन् । नगरपालिकाले नक्शा डिजाइन बापत भुइँ तलाका लागि पाँच हजार र सो भन्दा माथि थप आठ हजार शुल्क तोकेको छ ।