नेपाली चेली अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित

प्रकाशित मिति:

नेपाली चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित राइस अवार्डबाट सम्मानित भएकी छिन् । वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा नेपाली चेली कन्चनलाई उक्त सम्मान प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व एवं नवीन पद्धतिको भूमिका निर्वाहका लागि उनलाई सो अवार्डसहित सम्मान गरिएको जनाइएको छ ।

विश्वका हजार भन्दा बढी उच्चस्तरीय व्यावसायीहरुको भेलामा अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । अवार्डका लागि ब्राजिल, कम्बोडिया, क्यानडा, एल साल्भाडोर, भारत, नाइजेरिया लगायत २२ राष्ट्रका प्रतिनिधिहरु सहभागी थिए । उनी अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले प्रदान गर्दै आएको ‘प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड–२०१७’ द्वारा समेत सम्मानित भएकी थिइन् ।