एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक

प्रकाशित मिति:

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ । नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएको बताए।

सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। म‌ंगलबार पनि बाेर्डकाे बैठक बसेको थियाे। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएकाे थियाे।

मुलुकभरबाट याे वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।