आजबाट देशभर मनसुन सक्रिय

प्रकाशित मिति:

काठमाडौँ — गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन बिहीबारदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू-भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

उनका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ। आज देशको पूर्वी र मध्य भू-भागको तुलनामा पश्चिमी भू-भागमा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागहरुमा मनसुन कम सक्रिय भएको महाशाखाका मौसमविद् बासीले बताइन्। राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।