अभिनेत्री करिश्मा मानन्धरले ल्याइन एसइइ परीक्षामा ३ जीपीए

प्रकाशित मिति:

काठमाडौं –अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो । यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए ।