एसईईको प्रदेशगत नतिजा : प्रदेश ३ सबैभन्दा अगाडि, कर्णाली र सुदूर साह्रै कमजोर !

प्रकाशित मिति:

प्रकृति अधिकारी / काठमाडौ – असार १२ गते । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एससीईइर्) को परीक्षाफल विहीबार प्रकाशित भएको छ ।  यस वर्षको एसईई परीक्षमा कुल चार लाग ५९ हजार २७५ जना विद्यार्थी सहभागी भएका थिए  ।  नेपाल सरकार राष्ट्रिय परीक्षा वोर्डका अनुसार जीपीए ३.६० देखि ४.०० सम्म १७ हजार ५८०, जीपीए ३.२ देखि ३.६ सम्म १७ हजार ५८० र ३.२ देखि ३.६ सम्म ल्याइ उतीर्ण हुने ५१ हजार १३७ जना रहेका छन् ।

त्यस्तै जीपीए २.८० देखि ३.३० सम्म ६३ हजार ७४१ , २.४ देखि २.८ ७६ हजार ५६४ र जीपीए २.० देखि २.४ ल्याइ उतीर्ण हुने ९८ हजार २०७ रहेका छन् ।  यसै गरी १.६ देखि २.० ९५ हजार ३०७, १.२ देखि १.६ सम्म ४३ हजार ८४१ जीपीए ०.८ देखि १.२ सम्म ल्याउने ४ हजार ४१९ रहेका छन् भने ग्रेड काउन्ट नभएका ८ हजार ४६९ रहेका छन् । पहिलोपटक संघीय संरचनाअनुसार  भएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको थियो ।

एसईईमा कुल दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको थियो । यस पटकको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका थिए ।
त्यस्तै प्रदेश–१ बाट ८३ हजार ८१८, प्रदेश –२ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश–५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका थिए । मुलुक संघीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको थियो । यस पटक परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक विषयका परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका थिए ।