५० जनाको एसईई रद्द, तीनखाले गडबडीले विद्यार्थीलाई तनाव

प्रकाशित मिति:

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा ५० विद्यार्थीको नतिजा रद्द भएको छ । तर, विभिन्न तीनवटा कारणले विहीबार नतिजा रोकिने विद्यार्थी चाहिँ अरु पनि छन्, सजका सम्बन्धमा आफूहरु गम्भीर रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ । ४८ जनाको एउटा विषयको मात्रै नतिजा रद्द भएको छ ।

‘परीक्षा मर्यादित र अनुशासित भए पनि केही केन्द्रमा मर्यादा उल्लंघन भयो । मर्यादा विपरीत कार्य गर्ने एकजना र गलत विवरण भरेर आवेदन गर्ने एकजना गरी दुईजनाको सबै विषय रद्द गरियो’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दुईजनाको सबै विषय र ४८ जनाको एक विषय गरी कुल ५० जनाको परीक्षा रद्द भएको छ ।’