एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’

१२ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
862 Shares


काठमाडौं – नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् । करिश्माले अनलाइनखबरसँग भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु । अब व्यवस्थापन पढ्छु ।’ नायिका मानन्धरले आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत बताएकी छिन् ।

‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको उत्तर लेख्न पाएको थिइनँ’, उनले भनिन्, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’ करिश्माले अगाडि भनिन्, ‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उनले बताइन् । तर, आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल