एकै विद्यालयबाट सात जनाको जीपीए चार

१२ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
5K Shares


सबलपोष्ट -माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा बुटवलको एक विद्यालयबाट सात जनाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार प्राप्त गरेका छन् । बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट सातजनाले जीपीए फोर प्राप्त गरेका हुन् । विद्यालयका अपिल चौधरी,क्षितिज डुम्रे, सोदिक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए फोर प्राप्त गरेका विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।

कालिकाकी सविनाको पनि जीपीए फोर बुटवलकै सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट सविना सुवेदीले पनि जीपीए फोर प्राप्त गरेको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए ।

बुटवलकै तिनाउ स्कूलका छात्र सुमेरु ज्ञवाल, लुम्बिनी बोर्डिङ स्कूलका सिद्धार्थ थापा र स्कलर्सहोम बोर्डिङ स्कूलका सिर्जन सुवेदीले ३ दशमलव ९ जीपीए अंक प्राप्त गरेका छन् ।

न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट ४ जीपीए ल्याउन सफल विद्यार्थीहरु 

 

कालिकाकी सविनाको पनि जीपीए फोर 

फेसबुकबाट तपाईको प्रतिक्रिया