रुपन्देहीका १० जनाले जिपीए ल्याए

प्रकाशित मिति:

माध्यमिक शिक्षा परीक्षा एसईई नतिजामा बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट सविना सुवेदीले  जीपीए फोर प्राप्त गरेको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए । बुटवलको एक विद्यालयबाट सात जनाले ग्रेड प्वाइन्ट एभरेज जीपीए चार प्राप्त गरेका छन् । बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट सातजनाले जीपीए फोर प्राप्त गरेका हुन् । विद्यालयका अपिल चौधरी,क्षितिज डुम्रे, सोदिक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए फोर प्राप्त गरेका विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।त्यस्तै देवदह इङलिस बोर्डिङ स्कूलबाट एकजनाले ४ जिपीए र सिद्धार्थ इङलिस बोर्डिङ स्कूलबाट पनि एक जनाले ४ जिपिए प्राप्त गरेको प्जिल्ला शिक्षा इकाइ रुपन्देहीका उपसचिव घनश्याम भुषालले जानकारी दिए ।