रुपन्देहीका १० जनाको जीपीए फोर , न्यू होराइजनबाट सातजनाको

प्रकाशित मिति:

सबलपोष्ट । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा रुपन्देहीका १० जनाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) चार अंक हासिल गरेका छन् । बिहीबार सार्वजनिक नतिजा अनुसार बुटवलको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट सातजनाले जीपीए फोर अंक प्राप्त गरेका हुन् । सो विद्यालयका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए फोर प्राप्त गरेका विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए । ३२८ जना विद्यार्थी मध्ये ६१ जनाले ए प्लस,६७ जनाले ए,१०३ जनाले बी प्लस र १८ जनाले सी ग्रेड ल्याएका छन् ।

 

कालिकाकी सविनाको पनि जीपीए फोर बुटवलकै सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट सविना सुवेदीले पनि जीपीए फोर प्राप्त गरेको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताए । यस्तै देवदह इङलिस बोर्डिङ स्कूल देवदहका गौरव खनालले पनि जीपीए फोर प्राप्त गरेका छन् । यस्तै सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर, तिलोत्तमाकी निकिता खनालले पनि जीपीए फोर अंक ल्याएकी छन् ।