युवतीलाई यातना दिने ‘धर्ती माता परिन प्रहरीको फन्दामा

प्रकाशित मिति:

काठमाडौं – आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होमिन्द बोगटीले ‘धर्तीमााता’ भन्दै युवती यातना दिने महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि उनले युवतीलाई यातना दिएकी थिइन् । भिडियो सार्वजनिकपछि प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो भने पीडितलाई उजुरी दिन आग्रह गरेको थियो ।उनले युबतीहरु लाई बोक्सी भन्नुका साथै तथानाम बोलेको भीडियो सामाजिक संजालमा भाईरल भएको थियो ।