अब घर बहाल कर लाग्ने नगर प्रमुखको भनाई , नगरले स्वदेशी उत्पादनलाई प्रथमिकता दिनु पर्नेमा कंग्रेसका जिल्ला उपासभापति फणेन्द्र शर्माको जोड

प्रकाशित मिति:

नरेश चौधरी २९ श्रवाण मुर्गिया  सैनामैना उधोग बाणिज्य संघ सैनामैनाले आज एक कार्यक्रमका विच स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याल र हालै आउनु भएका ई.प्र.का रन्यौराका प्रहरी निरिक्षक केशव बहादुर बस्नेत द्वयलाई स्वागत तथा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीैले यस क्षेत्रमा विभिन्न खालका हुन सक्ने घटना प्रति आफु चनाखो रहेको बताउदै अब छिट्टै नै चाड पर्वलाई मध्य नजर गर्दै नेपाली सेना, नेपाल प्रहरी, वन र नगरपालिका संग सहकार्य गरि बनजंगलबाट काठ, जडिवुटी, जिवजन्तु चोरी निकासी तथा समाजमा हुन सक्ने उत्श्रृङ्खल घटना रोक्न योजना बद्ध तरिकाले लाग्ने कुरा बताउनु भयो ।

एकिकृत संपत्ति करको विषयमा अनवाश्क हल्ला तथा भ्रम फैलाईएको प्रति नगर प्रमुख कार्कीले दुःख ब्यक्त गर्दै यस विषयमा सवै नगरपालिका भित्रका राजनितिक दाल संघ संस्थाहरुको सुझाव सल्लाह अनुसार नै गरिएको बताउनु भयो ।

कर तिर्नु नगरिकको दायित्व भएको बताउदै सैनामैना नगरपालिकामा यो वर्ष देखि अब घर बहाल कर लाग्ने कुरा समेत बताउनु भयो । एक वा दुई या तिन महिना भित्रै लागु गर्ने गरि घर बहाल करको विषयमा नगरपालिकाले गृहकार्य गरिरहेको र अब छिट्टै नै ब्यवासयका लागि भवन तथा ब्यवासयीक सटर बनाईएका र भडामा लागईएका भवनबाट बहाल कर लाग्ने नगर प्रमुख कार्कीले बताउनु भयो । नाफ कमाउनका लागि बनाईएका तथा संचालन गरिएका ब्यावसयिक भवनहरुमा बहाल कर लाग्ने उहांले बताउनु भयो ।

नेपाली कंग्रेसका जिल्ला उपासभापति फणेन्द्र प्रसाद शर्माले स्वदेशी उत्पादनलाई प्रथमिकता दिनु पर्ने बताउदै नगरपालिकाले लगाउने सरसफाई कर र सम्पत्ति कर तथा अन्य विभिन्न कर प्रति नगरपालिकाले सोंच्नु पर्ने बताउनु भयो ।

शर्माले समृद्ध सैनामैना र खुसि सैनामैना भनेर मात्र नहुने बताउदै समृद्ध सैनामैनाका लागि काम गर्नु पर्ने बताउनु भयो । शान्ति सुरक्षा विना चयनको सास लिन नसकिने बताउदै नगर भित्र रहेका राष्ट्रिय तथा सर्वाजानिक सम्पत्ति दुरुपयोग हुन सक्ने प्रति सम्पुर्ण नगर बसी सचेत हुनु पर्ने कुरा उहांले बताउनु भयो । र जन निर्वाचित जन प्रतिनिधि तथा नगरपालिकालाई यसको संरक्षण गर्नका लागि उहांले आग्रह गर्नु भयो ।

कार्यक्रममा सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीले उधोग ब्ययसयका हितका लागि, यस क्षेत्रका पर्यटाकीय क्षेत्र, धार्मिक स्थलको विकासका लागि गुरु योजनाका साथ आगडी बढ्नु पर्ने र नगरपालिकाले उधोग ब्यवसयको प्रर्वद्धन गर्नका लागि सकरात्मक हुनु पर्ने कुरा बताउनु भयो ।

सैनामैना व्यापार संघका अध्यक्ष्ाँ जिबनाथ पाण्डेले नगरपालिका, यस क्षेत्रका सम्पुर्ण संघसस्था, राजनितिक दल, ब्यापारी लगाएत सम्पुर्ण सरोकारवाला मिलेर एकवद्ध र सकरात्मक तरिकाले काम गरे सैनामैना नगरपालिकाको विकास र सैनामैनाको भविष्य र समृद्धि हुन समय नलाग्ने समेत बताउनु भयो ।

त्यस्तै ई.प्र.का.रन्यौराका प्रहरी निरिक्षक केशव बहादुर बस्नेत र ई.प्र.का सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्यालले जनताको जनधनको सुराक्षका लागि आफुहरु प्रतिवद्धरहेको बताउनु भयो ।

कार्यक्रममा नेकपाका नगर संयोजका खुसिराम चौधरी, नेकपाका जिल्ला सदस्य नरायण न्यौपाने, नेपाली कांग्रेस सैनामैना नगर उपासभापति गुरु प्रसाद पराजुली संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्का, संघका उधोग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ, संघका महासचिव दिपक अधिकारी लगाएतले व्यापार र व्यवसय संचालनका लागि शान्ति सुरक्ष अति अवाश्क भएकोले समाजमा शान्ति सुरक्षा कयम राख्नका लागि प्रहरीले मात्र नभै नगरपालिका, व्यवासयी र यस क्षेत्रका सवै सरोकारवाला सजक र जिम्मेवार हुनु पर्ने कुरामा जोड दिनु भयो ।

सोहि अवसरामा संघको निर्वाचन गराउन सफल निर्वाचन समितिका सदस्यरु, संघमा नव मनोनित ४ जना महिला सदस्यहरुलाई प्रमाण पत्र तथा सम्मान गरिएको थियो । कार्यक्रम सैनामैना उधोग बाणिजय संघको सभाहल मुर्गियामा सम्पन्न भएको हो ।