प्रधानमन्त्री रोजगार कार्यक्रम भीरकोट १ मा शुरु

१३ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
75 Shares


एशिव शरण महत भीरकोट –प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागी पारिश्रमीकमा आधारीत सामुदायीक आयोजना भीरकोट नगरपालिका वडा न १ दरवारटोलमा शुरु भएको छ ।

शुभारम्भ कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले आप्नो गाँउ आफै विकास गर्नको लागी वेरोजगार यूवाहरुका लागी अवसर प्राप्त भएको भन्दै श्रमिक र श्रमको सही मूल्याङन गर्नु पर्ने वताउनु भयो । नगरपालिकाले आगामी आर्थिक वर्षमा श्रम र पारिश्रमिकमा आधारित योजना निर्माण गरी यूवालाई रोजगारी संग जोड्ने भन्दै सवैको विकास निर्माणमा समान सहभागीताको आवश्यकता रहेको वताउनु भयो ।
भीरकोट नगरपालिकाका ९ वटै वाडमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढगले संचालन भैरहेको छ ।

चैत र वैशाख महिनामा वेरोजगारको सुचीमा सूचिकृत १ हजार ४९ जना मध्ये १ सय ३५ जना सूचिकृतहरु प्रत्यक्ष रुपमा कार्यक्रमवाट लाभान्वित रहेका छन् । यो आर्थिक वर्षवाट कम्तीमा ३० दिन वरावरको सरकारले वेरोजगारीलाई रोजगारी दिने मान्यता अनुरुप ९ ओटै वाडमा विभिन्न योजनाहरुमा काम भैरहेको छ ।  भीरकोट नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ का लागी ११ लाख रुपैया सशर्त अनुदान मार्फत आएको रकम समानुपातिक तवरले प्रत्येक वडामा विनियोजन गरिएको रोजगार संयोजक वसन्त वस्नेतले वताए ।  कार्यक्रममा भीरकोट १ मा संचालनको क्रममा रहेकको वयरघारी भीरकोट दरवार सडक मर्मत सम्भार योजनाका श्रमिक संयोजक प्रविन विक्रम खाँण, नगर उप प्रमुख सिमाकेसी कर्माचार्य ले गाँउमा कोही पनि मानिस वेरोजगार नहुन भन्ने उद्धेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको संचालन भएको वताए ।  वडा न १ का वडा अध्यक्ष एंव नगर प्रवक्क्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य महोमद मिँया र स्वागत वडा सदस्य सविता सिंह विकले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…