कछुवासहित मलेसियामा तस्कर पक्राउ

प्रकाशित मिति:

एजेन्सी – मलेसियाली सरकारले राजधानी क्वालालम्पुरको विमानस्थलमा एउटा लगेजभित्र पाँच हजार वटा भन्दा बढि स–साना जिवित कछुवा बरामद गरेको छ । बुधवार विशेष सुराकस्कोआधारमा अचानक लिइएको खानतलाशीको क्रममा दुईजना भारतिय नागरिकको सुटकेसभित्र ५ हजार २ सय ५५ वटा राता कानयुक्त जमिन र पानी दुवैमा बस्न सक्ने ति कछुवा प्रहरीले फेला पारेका हुन् ।

सरकारी अधिकारीहरुका अनुसार प्रचलित अन्तर्राष्ट्रिय बजारमा करिव १२ हजार ७ सय अमेरिकी डलर मूल्य पर्दछ । तिनीहरुले ति लोपोन्मुख जीवको सुचिमा परेका कछुवा भारतमा पाल्तु जनावरको रुपमा बिक्रि गर्न लगिरहेको अनुमान गरिएको छ ।

मलेसिया दुर्लभ तथा अवैध बन्यजन्तु तश्कर हुने प्रमुख ट्रान्जिट प्वाइन्टको रुपमा चिनिन्छ । त्यहाँबाट तश्कर हुने यस्ता जन्तुहरु एसियाका विभिन्न मुलुकमा पुग्ने गर्दछन् । मलेसियाका वरिष्ठ भन्सार अधिकृत जुल्कुर्नाइन मोहमद युसुफले गत साता पनि चिनिया शहर गुआँगझोउबाट विमानमा क्वालालम्पुर आएका यि दुईजना पक्राउमा परेको बताएका छन् ।

नाम नखुलाइएका ३० र ४२ वर्षिय तिनीहरुसंग कछुवा ल्याउने अनुमति पत्र नभएको बुझिएको छ । तिनीहरुलाई मलेसियाली प्रचलित कानुन अनुसार पाँच वर्ष लामो कारावास र आर्थिक जरिवाना हुन सक्छ ।