घरबाटै एसईईः सी प्लस आएपछि करिष्माको आँखामा हर्षका आँसु

प्रकाशित मिति:

विनोद सिंह विष्ट/ बैतडी – घरवाटै माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिएकी बैतडीकी करिष्मा बोहराले “सी” प्लस ल्याएकी छन् । बिहीवार सार्वजनिक नतिजाअनुसार करिष्माले २.१५ जिपिए प्राप्त गरेकी शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाडौंकी करिष्मा शारिरिक अपाङगता भएकीले उनले परीक्षा केन्द्रसम्म जान नसक्दा घरबाटै परीक्षा दिएकी हुन् । दशरथचन्द नगरपालिका २ स्थित निंङगलाशैनी मावी देहीमाण्डौकी परीक्षार्थी करिष्माको परीक्षा केन्द्र दशरथचन्द नगरपालिका १ मणीलेक मावी गुरुखोला केन्द्र रहेको थियो ।

शारिरिक अपांगता भई हिडँडुल गर्न नसक्ने ह्वीचेयर पनि जाने नसक्ने भएकोले करीष्मालाई घरमै परीक्षा दिने व्यवस्था मिलाएका हौ अपांगमैत्री बाटो नहुँदा शिक्षा विकास तथा समन्वय इकाईले घरमै परीक्षा दिने व्यवस्था मिलाएको थियो । एसईईपछी अब राम्रो बिषय लिएर उच्च शिक्षा पढ्ने सोच रहको करिष्माले बताउनुभयो । उहाँले भन्नुभयो“घरपरिवारको सरसल्लाह बमोजिम पढाई अगाढी बढाउछु ।”

एसईई घरवाटै दिने परिक्षार्थी पनि करिष्मा पहिलो बनेकी समन्वय इकाई बैतडीका प्रमुख अवस्थीको भनाई छ ।अवस्थीले भन्नुभयो “एसएलसी सुरु भएको १९९० देखि नै पहिलो विद्यार्थी करीष्मा बनेकी छन् ।” एसईई परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था पनि घरमै गरीएको थियो । – न्युजअफनेपाल