कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास (नतिजासहित)

१३ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
103 Shares


काठमाण्डौ – दशौं कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन् । कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका छन् । गएको जेठ २५ र २६ गते भाषा परीक्षा भएको थियो । परीक्षाको नतिजा http://epsnepal.gov.np/ मा गएर हेर्न सकिन्छ ।

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको थियो । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।

परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेन्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् । – हेर्नुहोस् नतिजा 

https://drive.google.com/file/d/1j–sVRF_NsGK7_BJcoNNYi3qTJNXRE-j/view

फेसबुकबाट तपाईको प्रतिक्रिया