विप्लव निकट पत्रकार सगठँन क्रान्तिकारी पत्रकार सगठँन नेपालको केन्द्रीय अध्यक्षमा प्रकाश डुम्रे निर्वाचित

प्रकाशित मिति:
श्रावण २९ काठमाडौ सवाददाता नेत्र विक्रम चन्द नेकपा निकट क्रान्तिकारी पत्रकार सगँठन नेपालको केन्द्रीय अध्यक्षमा बुटवलका पत्रकार प्रकाश डुम्रे निर्वाचित भएका छन गत बैशाख १५ र १६ गते काठमाडौको नगरकोटमा सम्पन्न सगँठनको राष्ट्रिय सम्मेलन पछिको पहिलो बैठकले डुम्रेलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको हो । गत बैशाख १७ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियोे । पत्रकार डुम्रे बिगत १६ बर्ष यता देखि पत्रकारितामा क्रियशिल छन । माओबादि जनयुद्धकालिन समयमा जनदिशा पत्रिका बाट पत्रकारिताको यात्रा शुरु गरेका डुम्रेले एक दर्जन भन्दा बढि मिडियामा सम्पादनको काम गरि सकेका छन । युद्धपत्रकारितामा राम्रो प्रभाब एवम् दख्खल राख्ने डुम्रेले जनयुद्ध कालमा समेत तत्कालीन माओबादि छापामार बारे विभिन्न स्तम्भ र सामाजिक अन्याय तथा विभेद बारे समचारहरु लेख्ने गर्थे । २०६० साल देखि तत्कालीन जनमुक्ति सेनाको सञ्चार विग्रेडमा कार्यरत डुम्रे शान्ति प्रक्रिया सगै खुल्ला पत्रकारितामा सक्रिय भएर लागेका हुन । जनमुक्ति सेनाबाट स्वेच्छिक अबकाश रोजेका डुमेले सोहि अबकास बाट पाएको रकमले ०६६ सालमा आफै प्रकाशक सम्पादक रहेर स्याङ्जा बाट अकला आवाज नामक साप्ताहिक पत्रिका शुरु गरेका थिए । पोखरा हटलाईन, आधिखोला एक्सप्रेस पश्चिमाञ्चल साप्ताहिक स्याङ्जा न्युज लगाएतका पत्रिकामा न्युज सम्पादन गरीसकेका डुमे क्रान्तिकारी पत्रकार सघंको स्थापनाकालिन समयदेखि क्रियशिल रहदै क्रान्तिकारी पत्रकार महासघ हुदै सगँठनको केन्दिय सचिवालय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज रहेर नेतृत्व गरिसकेका छन   डुम्रे हाल बुटवल बाट प्रकाशित गर्जन पोष्ट साप्ताहिकको प्रकाशक सम्पादक तथा एनखबर अनलाइन डटकमको अध्यक्ष समेत हुन   डुम्रे क्रान्तिकारी पत्रकार सगँठन भित्र र बाहिरका अन्य सघ सगँठन एवम ब्युरोक्रेसिमा समेत बलियो प्रभाव राख्ने पत्रकारको रुपमा चिनिन्छन  बैठकले सगँठनको केन्द्रीय उपाध्यक्षमा सल्यानका पत्रकार डिल्लीराज रावत  महासचिवमा काठमाडौंका हिम विष्ट  सचिवमा काठमाडौकै पत्रकार सिर्जना तिम्लिसिना र कोषाध्यक्षमा दाङकि पत्रकार जानकि दहित लाई निर्बाचित गरेको छ ।