एसईई परीक्षा २०७५ सम्बन्धि जानकारी हेर्नुहोस् !

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा आज सार्वजनिक गरेको छ । यसपटक पनि विगतमा जस्तै नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन भएको हो । यस वर्षको एसईई परीक्षामा सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी भएका थिए ।

एसईई परीक्षा २०७५ सम्बन्धि केहि जानकारी :- चैत्र २०७५ मा आंसिक परीक्षा दिएका परीक्षार्थीहरुको ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित हुन केही समय लाग्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

पुनर्योगको व्यवस्था :- आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गराउन सक्नेछन् । यसका लागि प्रतिविषय रु.५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा प्रदेशस्थित शिक्षा विकास निर्देशनालय वा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । पुर्नयोगको लागि निवेदन पनिका को वेबसाइट www.see.gov.np वा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट डाउनलोड गरी भर्नुपर्ने छ ।

पूरक ग्रेडवृद्धि परीक्षासम्बन्धी व्यवस्था :- वि.स.२०७५को माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा सम्मिलित भई नियमित समुहको सैद्धान्तिक विषयतर्फ बढिमा दुई बिषयसम्म C वा C भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिको लागि पुरक ग्रेडवृद्धि परीक्षामा समावेश हुन सक्नेछन् । परीक्षाको समयतालिका पछि प्रकाशन गरिने छ।