संकैसंकामा २८ वर्षीय युवतीलाई जिउँदै जलाइयो

प्रकाशित मिति:

एजेन्सी – श्रीमानसँग अवैध सम्बन्ध रहेको संका गर्दै भारतमा आफ्नै छिमेकीको हत्या गरिएको छ । हत्या भएकी उनी उडिसा राज्यकी २८ वर्षीया उषा नाम गरेकी महिला रहेकी छन् । उषालाई उनकै छिमेकी आरोपी सतीश र उनकी श्रीमती उर्मिलाले जिउँदै जलाएका हुन।

घटना भएको केहि बेरपछि त्यहाँ प्रहरी पुग्यो र जलेकी महिलालाई अस्पताल भर्ती गराइयो । श्रीमानले आफ्नो उषासंग नाजायज सम्बन्ध रहेको संका गर्दे आएकी आफ्नी श्रीमतीको आसंखा मेटाउन छिमेकिलाई जिउदै जलाउन श्रीमतीको साथ दिएको प्रहरी संगको बयानमा बताएका छन । आफ्नो कुनै सम्बन्ध नरहेको बताउँदै यदि सम्बन्ध भएको भए आफुले जलाउन सक्दैन थिए नी ? उनको भनाई रहेको छ ।उनीहरुले उषाका श्रीमान् घरमा नभएको मौकापारी घटना घटाएका हुन । प्रहरीले आरोपी दम्पती माथी कानुनी कारवाही चलाएको छ ।

फाइल तस्विर