प्रदीप गिरी भन्छन : विद्वान प्रधानमन्त्रीकै पालामा पुस्तकमाथि कर किन ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पुस्तकमाथि दश प्रतिशत भन्सार लिने व्यवस्था हटाउन माग गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले कर लगाउँदा पुस्तक पढ्ने संस्कृति निरुत्साहित हुने बताए । लामो समयदेखि पुस्तक करमुक्त हुँदै आएकोमा विभिन्न बाहनामा कर लगाउन नहुने सांसद गिरीले बताए । उनले भने, ‘पुस्तकका सौखिनहरू सत्तारुढ दलमा भएको र स्वयं विद्वान प्रधानमन्त्रीका पालामा पुस्तकमा कर किन ?’

त्यसै पनि उपभोक्तावादी समाजमा पुस्तक पढ्ने प्रवृत्ति घटेको उनको भनाइ छ । उनी सञ्चारक्रान्तिको नाममा हामी सस्तो मनोरञ्जनमा अलमलिरहेको बताउँछन् । सांसद गिरीले राजधानीका ७५ प्रतिशत पुस्तक पसल बन्द भएर ती ठाउँमा सुन र रक्सी पसल खुलेको उल्लेख गरे । उनले भने, ‘कर भनेको आर्थिक विषय मात्रै होइन नीतिगत कुरा पनि हो, विद्धान अर्थमन्त्रीज्यूले यो कुरा बुझ्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’ – अनलाइनखबर