पुर्ण खोप सुनिस्चितता र दिगोपनाको लागी सुक्ष्म योजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

१३ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
31 Shares


बर्दघाट-बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पुर्ण खोप सुनिस्चितता र दिगोपनाको लागी सुक्ष्म योजना अध्यावधिक सम्बन्धी सरोकारवालासंगको छलफल कार्यक्रम शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । बर्दघाट नगरपालीकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा नगर पुर्ण खोप युक्त घोष्णा भइसकेको अवस्थामा यसको दिगोपना र शुनिस्चितताका लागी भइरहेको गतिविधि, चुनौती र समस्याका बारेमा सरोकारवालाबीच छलफल गरिएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले नगरपालिकाको तर्फबाट नगरलाई पुर्ण खोपयुक्त नगर कायम राख्न नगरपालिकाको तर्फबाट विभिन्न गतिविधि सञ्चालनमा रहेको र यसको सुनिस्चितताका लागी तेस्रो पक्षले अनुगमन गरि पुर्ण खोपयुक्त नगर कायम रहेको घोषणा गरिने बताउदै नगरभित्रका स्वास्थ्य सस्थाहरुमा भएगरेका समस्याहरुलाई न्युनिकरण गर्न र सो क्षेत्रका अपुग समाग्रीहरु क्रमश पुरा गरिदै लगिने बताउनुभयो ।कार्यक्रममा बर्दघाट नगरपालिकाका स्वास्थ्य समयोजक कृष्ण हरि पौडेलले नगरलाई पुर्ण खोपयुक्त नगर कायम राख्न निकै चुनौती रहेको र सो का बीच नगरका स्वास्थ्य सस्थाहरुले खोपको क्षेत्रमा प्रभावकारी ढंगले काम गरिरहेको बताउदै वडा नम्बर ४ मा जनघनत्व बढी भएका कारण समयमा सेवा दिन कठिन भएको हुदा आगामी आर्थिक बर्षदेखी ३ जना स्वयं विका थप गरिने बताउनुभयो ।

सो अवसरमा माकर स्वास्थ्य चौकीकी गिता अर्याल, जहदा स्वास्थ्य चौकीका रामहरि गुप्ता, दाउन्नेदेवी स्वास्थ्य चौकीकी सुदिपा शर्मा, पञ्चनगर सवस्थ्य चौकीका राम प्रसाद बस्याल, सुखौरा खोपकेन्द्रका सन्त कुमार यादव र शहरी स्वास्थ्य केन्द्र बर्दघाट ४ की लष्मी बस्यालले आ आफ्नो क्षेत्रभित्रको खोपको अवस्था र चुनौतीका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगरपालिकाका समाजिक विकास समयोजक एवं वडा नम्बर १४ का वडाध्यक्ष केशव खत्री लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य क्षेत्रका प्रतिनिधि, नगर कार्यपालिका सदस्य, नगरका सम्पुर्ण वडासचिवहरु, पत्रकार लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य सहसमयोजक निलकण्ठ भण्डारीले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया