नेपाल स्वयंसेवी रक्तदाता समाज को २६औ शाखा गुल्मीमा

प्रकाशित मिति:

गुल्मी –नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता तथा नेपाल नेत्र ज्योति संग गुल्मीका सभापति एवं समाजसेवी शेर बहादुर थापाको सभापतित्व रहेको आजिवन सदश्य हरुको भेलाले तम्घास गुल्मीमा समाजको २६ औं जिल्ला शाखा गठन गरेको छ ।

 

आयोजित भेलाले स्थानिय स्वयंसेवी नमराज मरासिनी को अध्यक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला तदर्थ समिति सर्वसम्मत रुपमा गठन गरेको छ । गठित समितिमा उपाध्यक्ष के। पि। भण्डारी कोषाध्यक्ष भेषराज पाण्डे, सचिव कृष्णप्रसाद पाण्डे, सदस्यहरुमा अर्जुन भण्डारी, वीर बहादुर कार्की, राजु मरासिनी, जनार्जन विष्ट, सन्तोष कुवँर क्षेत्री, रहेका छन । कार्यक्रममा विशेष आतित्यथा गुल्मी अस्पताल तम्घासका मे। सु। डा। उत्तम पच्या , समाजसेवि जुवानन्द बेलबासे, दिपक राना लगायतको रहेको थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाएका थिए ।

थप समाचार