बुटवल ११ मा कांग्रेसको टोल समिति गठन

प्रकाशित मिति:

बुटवल – नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं। ११ बुथ नं। ३ को जुनकीरी टोलमा टोल समिति गठन गरेको छ । टेकराज शर्माको सभापतित्वमा गठित समितिको उपसभापतिमा तारा अधिकारी, सचिवमा लिला अर्याल, सहसचिवमा लालबहादुर टण्डन, कोषाध्यक्षमा कला पौडेल रहनु भएको छ । सर्वसम्मत गठित समितिको सदस्यहरुमा भोजराज पाण्डे, शिव तिवारी, टुकबहादुर खत्री, निर्मला खनाल पाण्डे, सुशिला पन्थी, विष्णु श्रेष्ठ, नारायण भण्डारी, बाबुला आचार्य, भविश्वर पाण्डे र प्रमिला भट्टराई रहनु भएको छ ।

शुक्रबार भएको भेलाले समितिको सल्लाहकारहरुमा गोपिराज खनाल, कृष्ण कोईराला, लेखनाथ ज्ञवाली, डण्डपाणी पौडेल र नेत्र भट्टराईलाई चयन गरेको छ । बुथ सभापति विष्णु भण्डारीको सभापतित्वमा भएको भेलामा नेपाली काँग्रेसका वडा सभापति चित्रबहादुर बर्मा, महासमिति सदस्य काजिमान श्रेष्ठ, क्षेत्रीय सदस्य नेत्र भट्टराई, क्षेत्रीय प्रतिनीधि हरिषचन्द्र गौतम, महिला नेत्री साबित्रा टण्डन, लोकन्द्र न्यौपाने, नवनिर्वाचित टोल समितिका सभापति टेकराज शर्मा, बुथ सचिव मुक्तिप्रसाद भट्टराई लगायतले अहिले पार्टी प्रतिपक्षी भएका कारण टोल समितिले टोलको बिकासकालागि वडास्तरमा प्रतिपक्षीको भूमिका खेल्नुपर्ने भनाई राख्नुभएको थियो ।