मूंगाको माला किन धारण गर्ने के छ महत्व

प्रकाशित मिति:

एजेन्सी -मूंगालाई सुख समृद्धिको प्रतिकको रुपमा लिइन्छ । मूंगाको माला धारण गर्नाले सुख समृद्धिका साथै धन प्राप्ती हुनेछ ।यसबाट बिराम पनि निको हुने विश्वास छ । रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ र नकरात्मक वा अशुभ शक्तिले दुःख दिँदैन । मूंगाको मालाले जाप पनि गर्न सकिन्छ । तर यो माला लगाउँदा केही सावधानी पनि अपनाउन जरुरी हुन्छ ।

ककसले लगाउँन सक्छन् 

सम्झने शक्ती कमजोर छ । बालबालिकाको पढाइ कमजोर छ । बालबालिका बोल्न मान्दैनन् । कुण्डलीमा बुद्धिको ग्रह बुध कमजोर छ, ज्ञानको ग्रह गुरु कमजोर छ भने मूंगाको माला लगाउँदा लाभ मिल्ने छ । तर माला धारण गर्नु पूर्व हनुमान मन्दिरमा पूजा अनिवार्य गर्नु होला ।

मूंगाको मालाले आत्मविश्वास बढ्ने 

मूंगाको मालाबाट हनुमान तथा श्रीरामको मन्त्र जाप गर्न सक्नु हुनेछ ।
विवाहित महिलाले मूंगाको माला धारण गरेमा उनको पतिको स्वास्थ्य राम्रो हुनेछ ।
यो माला धारण गरे सबै संकट टर्ने र भगवान हनुमानले हरदम परै परिवारको रक्षा गर्ने छन् ।
मूंगाको माला कहिले धारण गर्ने रु

तुलसीको माला मूंगाको मालासँगै रातो धागोमा बनाउन सकिन्छ ।
यो मालालाई मंगलबार धारण गर्नु पर्छ ।
माला धारण गर्नु पूर्व हनुमान, शिव र श्रीरामको पूजा गर्नु पर्दछ ।
मूंगाको माला लगाउनाले नराम्रो नजर लाग्दैन । सबै प्रकारको सुख प्राप्त हुनेछ ।
यसलाई गंगा जलले धोएर, धुप तथा दियो देखाएर मात्र धारण गर्नु पर्दछ ।
मूंगाको माला धारण गरेर मासु तथा मदिराको सेवन नगर्नुहोस् । यसका साथै झूठो पनि बोल्न पाउनु हुन्न ।