यस्तो छ गणेश पूजनको वैज्ञानिक रहस्य

प्रकाशित मिति:

एजेन्सी –हिन्दु संस्कारमा भगवान् गणेशको आराधना नगरी कुनै पनि शुभ कार्य शुरु नगर्ने प्रचलन छ । हात्तीको सुँढ भएका, ठूलो भुँडी भएका अनि मुसामा चढ्ने भगवानलाई हामीले किन पूजा गरेका हौं भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो ।गणेश पुराणको अध्ययन गर्दा भगवानको दार्शनिक चित्रणका पछाडि लुकेको वैज्ञानिक तथ्य उजागर हुन्छ । गणेशजीको मूर्तिमा वैश्वानर स्थान र स्वपिति समय को चित्रण छ ।

भौतिकविज्ञानको रिलेटिभिटी सिद्धान्तले स्थान स्पेस र समय टाइम गुरुत्वाकर्षणका कारण बांगिएको हुन्छ भन्छ । स्पेस बांगिएको सुँढसहितको विशाल जनावर जस्तो देखिन्छ र गणेश भगवानको स्वरूपसँग मेल खान्छ ।समय वा कालले सबै कुरालाई खाइदिन्छ जसरी गणेशजीको वाहन मुसोले भेटेको कुरो खाइदिन्छ । जसरी स्थान कालको वाहन चढ्छ त्यसैगरी भगवान गणेश पनि मुसाको सवारी गर्नुहुन्छ ।गणेशजीलाई चढाइने गोल लड्डुहरूले ऊर्जाको चक्राकार रूपलाई प्रतिनिधित्व गर्छन् र यो विशाल ब्रह्माण्डका अनगन्ती तारा र ग्रहको समेत प्रतीक बन्छन् ।भगवान् गणेश र उहाँको वाहनले स्थान र समयलाई संकेत गर्नुहुन्छ जसबाट यस ब्रह्माण्डको प्रत्येक ऊर्जाका कणलाई पुष्टि मिल्दछ ।