विद्यार्थीको चाहना अनुरूपको परार्मश दिन प्रतिबद्ध छौ

प्रकाशित मिति:

पढिसकेपछि केही गर्नुपर्छ भन्ने सोंच हरेक युवामा आउंछ । पढाईको सार्थकता पूरा गर्न कसैले त्यही फिल्ड रोज्छन् भने कसैले मिल्दोजुल्दो फिल्डमा काम शुरु गर्छन् । यसै अनुरूप पाल्पाबाट बुटवलमा बसी अध्ययन गरिरहेका यादव वस्यालले पढाईसंगै साथीहरूसंग मिलेर ईन्स्टिच्युट संचालन शुरु गरे । विधार्थीहरको माग अनुसार ट्युसन कक्षाहरू संचालन गर्दै उनले ईन्स्टिच्यूट अघि बढाउंदै लगे । २०७० सालमा यादवले काठ्माण्डौमा मुख्य कार्यालय रहेको राईज एजुकेशन कन्सल्टेन्सीको बुटवलमा शाखा स्थापना गरे । यस अंकमा उनै वस्यालसंग गरिएको कुराकानीको सम्पादित अंश

राईज एजुकेशन कन्सलटेन्सी र यहांले परार्मश दिने देशहरू कुन कुन हुन् बताईदिनुहोस् न ?

यो कन्सलटेन्सी २०७० सालमा बुटवलमा शाखा स्थापना गरी संचालन शुरु भएको हो । मैले ईन्स्टिच्यूट बाट अनुभव संगालेपछि कन्सलटेन्सी स्थापना गरें । यो कन्सलटेन्सीबाट विद्यार्थीहरूले फिनल्याण्ड, जापान, अष्ट्रेलिया, जर्मनी, नर्वेे, फ्रान्स, स्टोनिया, डेनर्माक, साउथ कोरिया लगायतका देशमा अध्ययन गर्न जान चाहेमा परार्मश दिने गरेका छौं ।
अहिलेसम्मको यात्रामा कति जना विद्यार्थीहरू परार्मश पश्चात बाहिर जानुभयो ?
हाम्रो कन्सलटेन्सी मार्फत विभिन्न देशको परार्मश र त्यहां जाने प्रोसेसिडञ. को बारेमा सहजीकरण गर्ने भएकाले १५० प्लस विद्यार्थी अध्ययनका लागि विदेशमा हुनुहुन्छ ।

बजारमा कन्सलटेन्सीहरूको भिड नै छ । यो अवस्थामा कन्सलटेन्सी संचालन कत्तिको चुनौतीपूर्ण छ ?
चुनैतीको पाटो त अत्यन्तै छ । तर पनि विद्यार्थीहरूको विश्वास अनि विदेश भएकाहरूको फिडब्याकले गर्दा यात्रा जारी छ । एउटै मात्र देशको परार्मश प्रदान गर्नेहरू बढी भएकाले हाम्रो संस्थामार्फत एकैपटक धेरै देशको जानकारी लिन आउनेहरू बढी हुन्छन् र जुन देशको उपयुक्त लाग्छ त्यही जान्छन् ।

विभिन्न देशमा जान चाहने गर्ने विद्यार्थीहरूका लागि शुल्क कस्तो हुन्छ  यहां गएपछि पढाईको अलावा काम गर्न पाइने नपाइने व्यवस्था कस्तो छ ?
देश अनुसार युनिर्भसिटीमा लाग्ने शुल्क स्वभाविकै फरक हुन्छ नै । जर्मनी र नर्वे जाने विद्यार्थीलाई त फ्रि एडमिशन को सुविधा नै छ । त्यसबाहेक अन्य देशमा छात्रवृत्तिको सुविधा पनि छ । एकाडेमिक क्वालिफिकेशन हेरेर गर्ने गर्दछ ।

यहांको आगामी लक्ष्य के रहेको छ ? कन्सलटेन्सीमा अझ थप केही नयां गर्देहुनुहुन्छ कि ?
कन्सलटेन्सी बाट परार्मशको पाटोमा अझ थप व्यवस्थित बनाउंदै लैजाने जर्मको सहित अघि बढेको छु । कन्सलटेन्सी को सर्भिस एरिया त्यति फराकिलो नहुने भएकाले पनि विद्यार्थीको चाहना र अध्ययन गर्न सक्ने क्षमतालाई ख्याल गरेर परार्मश प्रदान गरी सहयोग गर्न प्रतिबद्ध छु ।