हिन्दू धर्मका अनुसार तुलसीले दिने अनेक संकेत यस्ता छन

१४ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
2K Shares


एजेन्सी –तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु(याउने बताएका छन् । तुलसीले सवैभन्दा धेरै अक्सीजन फाल्ने हुनाले समेत घरमा तुलसी हुनु फाइदाको लागि हुन्छ ।हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्था बारेसमेत जानकारी दिने छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सवैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ ।

तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ ।पुराणहरुमा तुलसीको निकै महत्व रहेको जनाइएको छ ।पुरुण तथा शास्त्रका अनुसार जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सवैभन्दा पहिला लक्ष्मी अर्थात तुलसी ओइलाउने छ, वा उग्लनेछ । त्यस्तै तुलसीमा कालो दागाहरु देखा पर्दासमेत पारिवारिक संकट आउने संकत हुने जनाइन्छ । दरिद्रता, अशान्तिर तथा क्लेशका बीच लक्ष्मीको वास हुन्छ । ज्यातिषी अनुसार यसको कारण बुध रहेको जनाइएको छ ।

बुधको प्रभाव हरियो रंगमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । बुध यस्तो ग्रह हो जसमाथि अन्य ग्रहको नराम्रो प्रभाव पर्दछ । यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्ने छ ।यदी कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव हरिया रुख विरुवा बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आज सोमबारको राशिफल
  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…
  • बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि