ख्याल गर्नुहोस है, यी काम गर्नुभएको छ भने मृत्युपछि नर्क गइनेछ

प्रकाशित मिति:

एजेन्सी –हिन्दु धर्मसँग सम्बन्धित विभिन्न शास्त्रमा मानिसले आफूले गरेका कर्म अनुसारको फल पाउने भनेर उल्लेख गरेको पाइन्छ । अर्थात् मानिसले जस्तो कर्म ९काम० गर्छ त्यस्तै फल पाउँछ मानिस सुखी हुने वा दुःखी हुने, सफल हुने कि असफल हुने भन्ने कुरा कर्मले नै निर्धारण गर्छ ।त्यसो त गलत काम गर्ने व्यक्तिलाई पाप लाग्ने भनेर सबै धर्मसँग सम्बन्धित ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । हिन्दु धर्मसँग सम्बन्धित गरुण पुराणमा नराम्रा काम गर्ने व्यक्ति नर्क जाने भनेर उल्लेख गरिएको छ ।

गरुड पुराणकै आधारमा हामीले यहाँ केही नराम्रा कामबारे उल्लेख गरेका छौं । यस्ता काम गर्दा मानिसको मृत्यु भएपछि उसले नर्कमा जानुपर्ने र त्यहाँ पनि कठोर सजाय भोग्नुपर्ने गरुड पुराणमा उल्लेख छ ।यी हुन् त्यस्ता कार्य,

नवजात शिशुको हत्या:गरुड पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जानेछ भनेर उल्लेख गरिएको । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।

स्त्रीको अस्मितासँग खेल्ने:स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नर्कमा जाने र त्यहाँ उसलाई कठोर दण्ड मिल्ने गरुड पुराणमा उल्लेख छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको पुराणमा उल्लेख छ ।

विश्वासघात:आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुड पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।

पूजास्थलको अपमान:पूजा भैरहेको स्थानमा नराम्रो काम गर्ने तथा पूजास्थलको अपमान गर्ने व्यक्तिलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुड पुराणमा उल्लेख छ । कुनै पनि धार्मिक काम भैरहेको स्थललाई अपमान महापाप भएको पुराणमा उल्लेख छ ।

गरिव तथा अपाङ्गलाई सहयोग नगर्ने:आवश्यक परेका बेला गरिव वा अपाङ्गहरुलाई सहयोग नगर्ने र उपेक्षा गर्नेहरु मृत्यु पछि नरकमा जाने गरुड पुराणमा उल्लेख छ । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने पुराणमा उल्लेख छ ।

पाहुनाको अपमान गर्ने:घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि मृत्यु पछि नर्कको बास हुने पुराणमा उल्लेख छ । गरुण पुराण भन्छ, ‘घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।’

अरुको खुसी भंग गर्ने:आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्ने व्यक्ति पनि मृत्युपछि नरकमा जाने गरुड पुराणमा उल्लेख छ । पुराणमा उल्लेख गरिएअनुसार अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।