अस्पताल

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

कोहि हास्दै छ्
कोहि रुदै छ्
कोहि जन्मदै छ्
कोही मर्दै छ्
कोहि छ्ट्पडिदै छ
कोहि सुधार छ
कोहि नाजुक छ
दुनियाँमा चाहे जे होस
यसको आफ्नो रफ्तार छ
आशाको केन्द्र छ
निरासाको बलिन्द्र भेल छ
बडो अचम्मको खेल छ
मनुष्यको मिरमिरे
चिच्चावाट पनि यहीँ छ
दोप्परको चीत्कार पनि यहि छ
साच्चै यहाँ केही न केही छ
सबैलाई भ्याइनभ्याई छ
आफ्नै दौड्धुप छ
कोहि पाउँछन्
कोहि गुमाउछ्न
कोहि समाउछ्न
कोहि पछ्याउछ्न
कोहि सुम्मसुमाउछ्न
कोहि सुक्सुकाउछ्न
कसैको जीवन बदलिन्छ
कसैको जीवन बर्बाद भइदिन्छ
कोहि बाचिदिन्छ
कोहि मरिदिन्छ
कोहि आशामा हुन्छ्न
कोहि निरासामा छाउछ्न
कसैले छोरो पाउँछन्
कसैले छोरी पाउँछन्
कसैले बा गुमाउछ्न
कोहि आमा गुमाउछ्न
कोहि दाइभाइ गुमाउछ्न
कोहि दिदिबहिनी गुमाउछ्न
यो एउटा समुन्द्र हो
यहाँ सबै देख्न पाइन्छ
सुख, सन्तोष
दुख, पिडा
आशा, निरासा
जन्म, मृत्यु
मित्र,शत्रु
सबै सबै पाइन्छ
कोहि दौडिन्छ्न
कोहि छट्पटीन्छ्न
कोहि अट्टाहास हास्छ्न
कोहि भक्कानिन्छ्न
कोहि ठिकठाक छ्न
कोहि अति संबेदनसिल छ्न
कोहि भर्ना हुँदै छ्न
कोहि डिस्चार्ज हुदैछ्न
कोहि आउदैछ्न छ्न
कोहि जाँदै छ्न
कोहि आकाश गर्जे जस्तो मान्छ्न
कोहि पाताल चर्क्यो जस्तो मान्छ्न
कोहि उज्यालो मान्छ्न
कोहि अँध्यारो मान्छ्न