एकाबिहानै आयो दुखद खबर ,काठमाडौँको जमलमा भयानक दुर्घटना

प्रकाशित मिति:

काठमाडौँ -मापसे गरेर हाँकिएको एक कार जमलस्थित कान्तिपथमा खतरनाक ढंगले दुर्घटनाग्रस्त भएको छ । शनिबार एकाबिहानै केशरमहलबाट कान्तिपथतर्फ गइरहेको सो कार कच्याकुचुक पर्नेगरी दुर्घटनाग्रस्त भए पनि घटनामा कोही हताहती नभएको प्रहरीले जनाएको छ ।

 

आज बिहान करिब ६ बजेतिर बा ११ च ३६०४ नम्बरको कार जमलमा आइपुग्दा दुर्घटनामा परेको हो । सो दुर्घटनामा कारका चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते रहेको ट्राफिक प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसरा सो कारमा ३ जना यात्रु सवार थिए तर खतरनाक दुर्घटना हुँदा पनि सबै सकुशल छन् ।कारका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले मदिरा सेवन गरेर गाडी हाँकेको भेटिएको छ । उनको खुट्टामा सामान्य चोट लागेको छ भने कार क्षतविक्षत रहेको छ । अनियन्त्रित रुपमा आएको कार कान्तिपथस्थित होटल एलो प्यागोडा अगाडि आइपुग्दा सडकको रेलिङमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ ।