नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारी पदमुक्त

प्रकाशित मिति:

काठमाडौ ३० साउन सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गरेको छ ।

मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई पदमुक्त गरेको सरकारमा प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । लेटिकमको व्यवस्थापन सुधार गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषदले पहिलोपटक उनीसँग गत वैशाखमा एकपटकका लागि मौका दिने गरी राखिएका कार्यसम्पादन सर्तअनुसार काम नभएको भन्दै केही दिनअघि पुनः स्पष्टीकरण सोधेको थियो ।

एक मन्त्रीका अनुसार कामिनीले कामको सर्त पूरा गर्नुको साटो टेलिकमको सेवा थप गुणस्तरहीन बन्दै गएको र आर्थिक घाटा थपिएकाले उनलाई हटाइएको हो ।

थप समाचार