स्थापना दिवसमा सडक सरसफाई

प्रकाशित मिति:

यमलाल भुसाल बुटवल १४ असार – होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले २१ औं स्थापना दिवसको अवसरमा शनिवार बुटवलमा सडक सरसफाइ गरेको छ ।

बुटवलको ट्राफिकचोकदेखि अस्पताल लाईन ,नयां बसपार्क र आसपासको क्षेत्रमा सरसफाई गरिएको हो । सडक सरसफाइ अभियानमा वागमती सरसफाई अभियानकी प्रिया लामिछाने, तिनाउ सरसफाई अभियानका ठाकुर गैरे, पहिलो पाईला नेपालका विष्णु महत,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश ५ बुटवल, गुल्मी सिमिचौर समाज रुपन्देही ,सशस्त्र प्रहरीवल बुटवल लगायतले सगै सडकमा पुगेर सडकको फोहर संकलन गर्नु भएको थियो । सडक सरसफाई गरेर फोहर बाहिर फाल्नु हुदैन भन्ने चेतनाको विकास गराउनु नै अभियानको लक्ष्य भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयोे ।  बुटवललाई फोहरमुक्त शहर बनाउने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको संघका महासचिव माधवकुमार खनालले बताउनु भयो । संघले भोली आईतवार बुटवलमा मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको समेत जनाएको छ ।

थप समाचार