उत्तर कोरियाली नेता उनलाई दक्षिण कोरियाको सीमा क्षेत्रमा भेट्ने ट्रम्पको चाहना

प्रकाशित मिति:

एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने सीमा रेखामा भेट गर्न चाहेको बताएका छन् ।जापानमा भैरहेको जी २० सम्मेलनपछि ट्रम्पले दक्षिण कोरियाको भ्रमण गर्ने कार्यक्रम छ । ट्रम्प उत्तर कोरियासँगका परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई पुनः गर्ने वातावरणमा बनाउने उद्देश्यले दक्षिण कोरिया पुग्दै छन् ।

दक्षिण कोरियाको दुई दिने भ्रमणअघि ट्वीट गर्दै ट्रम्पले उत्तर कोरियाली नेतासँग सीमास्थित गैर सैनिक क्षेत्रमा भेट्न चाहाना व्यक्त गरेका हुन् । उत्तर र दक्षिणको सीमा क्षेत्र विश्वको सबैभन्दा बढी अस्त्रले सुसज्जित क्षेत्रमा पर्छ ।

ट्रम्पले गरेको ट्वीट यस्तो छ

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यसअघि दुई पटक वार्ता भएको छ । तर त्यसमा ठोस सहमति बन्न सकेको छैन ।