दुवै मृगौला फेल भएकी मीनाले गरिन् आर्थिक सहयोगको अपिल

प्रकाशित मिति:

बुटवल, असार १४ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ६ की २५ बर्षीय मिनाकुमारी राना थापाको दुवै मृगौला फेल भएपछि उपचारका लागी सहयोग गर्न सबैसंग अनुरोध गरेकी छन् ।  आर्थिक अभावका कारण उनी तीन हप्तादेखि काठमाडौस्थित श्री वीरेन्द्र अस्पताल छाउनीमा हप्ताको तीन पटक डायलाइसिस गर्दै आएकी छन् । अस्पतालका डाक्टरका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण बेडमा छट्पटिन बाध्य भएको उनका परिवारले बताएको छ । २५ बर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि उनी, उनका परिवार र आफन्तजन चिन्तित भएका छन् । आर्थिक अभावका कारण म जीवन र मृत्युको दोसाँधमा छु । उपचारका लागी सवैले आर्थिक सहयोग गरि जीवन बचाइदिनु हुन अनुरोध गर्दछु ।मीनाकुमारीले भनिन् । उनको उपचार सहयोगका लागी कुमारी बैंक लिमिटेडमा खाता नम्बर 0100043751200001, नाम  KHADKA BAHADUR THAPA  रहेको छ । खड्कबहादुर थापा उनको दाजु हुन् । देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले उनको जीवनरक्षाका लागी यो खाता नम्बर पैसा डिपोजित गरिदिन सक्नुहुनेछ । देश विदेशमा रहेका सबै नेपालीहरुले उनको उपचारका लागी आर्थिक सहयोग गरेर जीवन रक्षा गर्नुपर्ने आफन्तले बताएका छन् ।  उनको बारेमा बुझ्न र आर्थिक सहयोग गर्नका लागी उनको श्रीमान् खड्कबहादुर थापाको सम्पर्क नं. ९८४७३७३२८३,९८४७५८५४२३, अर्थात् दिदी सरुमा राना सुत्पराईको नम्बर ९८६७२६२६०८,९८०६९७२१२५ र भिनाजु बोमबहादुर सुत्पराईको नम्बर ९८४७३५९५३१, ९८०७४३५५९७ रहेको छ ।