सकारात्मक सन्देश दिन सरकारी विद्यालयमा पढ्दै करिष्मा

१४ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
132 Shares


काठमाडौं – नायिका करिष्मा मानन्धर सरकारी विद्यालयमा अध्ययन् गर्ने भएकी छन् । अधिकांश अभिभावकको रोजाइ निजी विद्यालय भइरहेका बेला करिष्मा कक्षा ११ र १२ सरकारी विद्यालयमै पढ्न लागेकी हुन् । “मेरो घर (गोदावरी) नजिकै दुईटा सरकारी स्कुल छन् । म ति दुईटामध्ये एउटा स्कुल पढ्छु,” नायिका मानन्धरले बाह्रखरीसँग भनिन्, “घरबाट नजिकै भएकाले रेगुलर जान्छु भन्दा पनि सम्भव हुन्छ । विहान पढाई हुनेभएकाले दिउँसो काम पनि सजिलो हुन्छ ।”

सरकारी विद्यालयमा सरकारले ठूलो लगानी गरेपनि अधिकांश सरकारी कर्मचारीकै छोराछोरी सरकारी विद्यालयमा अध्ययन् गर्दैनन् । “सकरारी विद्यालयमा पढ्नुपर्छ भन्ने सकारात्मक सन्देश दिन पनि म सरकारी विद्यालयमा पढ्न लागेकी हुँ,” करिष्मा भन्छिन्, “मलाई अब पढेर जागिर खानु छैन । दिउँसो पढाई हुने सरकारी स्कुलमा दुई नबज्दै खालीभइसक्छ भन्ने सुनेकी छु । निजी स्कुलमा जस्तै सरकारीमा पनि राम्रो पढाई हुनुपर्छ । र, सकरारी स्कुल पनि रोजाईमा पर्नुपर्छ भन्ने मेरो मान्यता छ ।” करिष्मा कमर्श पढ्ने योजनामा छिन् । केही दिन अगाडि प्रकाशित भएको एसईईको परीक्षामा उनले बी प्लस ल्याएर उत्तिर्ण भएकी थिइन् । – बाह्रखरी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…