रोट्रयाक्टद्धारा हिले फुटबलको आयोजना

प्रकाशित मिति:

रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीको आयोजनामा जोन ११ र १२ का अन्तर क्लव बिच हिले फुटवल प्रतियोगिता हुने भएको छ ।

क्लवहर बीच आपसी सम्बन्ध विस्तार गर्ने र खेलाडLहरुको प्रोत्साहनका लागि क्लवले भदौ २ गते शनिबार हिलोमा फुटवल प्रतियोगिताको आयोजना गरेको क्लवका अध्यक्ष प्रकाश पराजुलीले जानाकारी दिए । तिलोत्तमा नगरपालिका स्थित जानकिनगरमा आयोजना हुने प्रतियोगितामा २२ टिमको सहभागिता रहनेछ । सामाजिक कार्यहरु गर्दै आएको क्लवले खेल क्षेत्रको विकास संगै आपसी भाईचाराको विकासका लागि पनि पहिलो पटक हिलोमा फुटवल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष पराजुलीको भनाई छ ।

७ खेलाडि समाबेश हुने प्रतियोगिता ३० मिनेटको हुने कार्यक्रम संयोजक कमल सापकोटाले जानाकारी दिए । प्रतियोगितामा विजयी टिमलाई शिल्ड र मेडल प्राप्त गर्नेछन ।