सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण मजदुर घाइते

प्रकाशित मिति:

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा शनिबार मध्यान्ह अज्ञात व्यक्तिले चलाएकाे गोली प्रहारबाट एक मजदुर घाइते भएका छन् । मोटरसाइकल चढेर आएका दुई जनाकाे समूहले प्रहार गरेको गोली लागि सोही ठाउँका ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन् । पाखुरामा एक गोली लागेर घाईते महतोलाई नवलपुरको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी वीरगञ्ज ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ।

शनिबार मध्यान्ह सबा १२:३० बजेतिर गाउँको ब्रह्मस्थान मन्दिरमा निर्माणको काम गरिरहेका बेला महतोमाथि गोली प्रहार भएको स्थानीयवासीले बताए । उनीमाथि गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन । घटनास्थल नवलपुर चोकबाट करिव डेढ किलोमिटर उत्तरतर्फ पर्छ । घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

थप समाचार