शान्ता चौधरीको पिएचडी सपना, सरकारी कलेज पढ्ने

प्रकाशित मिति:

काठमाडौं – एसईईमा बी ग्रेड ल्याएर उत्तिर्ण भएकी नेकपा सचेतक शान्ता चौधरीले पिएचडीसम्म अध्ययन गर्ने सपना साँचेकी छन् ।छोरीसँगै एसईई पास गरेकी उनले उच्च माध्यमिक अध्ययन अनुकुलताका हिसाबले काठमाडौं या दाङमा गर्ने योजना बनाएकी छन् । उनले सरकारी कलेजमा नै भर्ना हुने निश्चित गरेकी छन् ।

अपेक्षा अनुसार गणितमा नम्बर नआएको बताएकी उनले सामाजिक र नेपालीमा राम्रो नम्बर ल्याएकी छन् । एक महिना संसदमा विदा लिएर परिक्षाको तयारी र त्यसमा सहभागी भएकी उनले घरमा शिक्षक राखेर ट्युशन पढेकी थिइन् । सानोमा पढ्ने अवसर नपाएकी उनले परिवारको अवस्था र त्यहाँको परिवेशले त्यस्तो भएको खुलाएकी छन् ।